सुर्खेत । सुर्खेतमा ईनारमा खसेर दुई जनाको मृत्यु भएको छ ।
वीरेन्द्रनगर नगरपालिका–११ पिपिरास्थित तोरण विकको घरमा रहेको ईनारमा खसेर सोही ठाउँ बस्ने ३२ वर्षीय बिद्या प्रसाद रेग्मी र ३१ वर्षीय लक्ष्मी कँडेलको सोमबार दिउँसो मृत्यु भएको हो ।
ईनार सफा गर्ने क्रममा खसेको भन्ने जानकारी प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय सुर्खेतबाट खटिएको प्रहरी टोलीले उद्दार गरी उपचारको लागि कर्णाली प्रदेश अस्पताल कालागाउँ पठाएकोमा उनीहरूको उपचारको क्रममा मृत्यु भएको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया