काठमाडौं । विभिन्न स्थानबाट अवैध लागुऔषधसहित तीन जना पक्राउ परेका छन् ।
नवलपरासी पश्चिमको प्रतापपुर गाउँपालिका–२ घोडाहास्थित सडकबाट अवैध लागुऔषध जस्तो देखिने खैरो पदार्थ करिब ५ ग्राम ५ सय मिलिग्रामसहित एकजना पक्राउ परेका छन् । भारत महाराजगंज निपनिया बस्ने ३० वर्षीय उमेश यादवलाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको हो। इलाका प्रहरी कार्यालय बेलाटारी र इलाका प्रहरी कार्यालय सेमरीबाट खटिएको प्रहरी टोलीले भारतबाट नेपालतर्फ आउँदै गरेको युपि ५६ एवाई ५४५० नम्बरको मोटरसाइकल चालक यादवलाई उक्त पदार्थसहित पक्राउ गरेको हो ।
यसैगरी मोरङको रंगेली नगरपालिका–४ बाट अवैध लागुऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ३१ ग्राम ४ सय ९० मिलिग्रामसहित २ जनालाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेहरुमा सोही नगरपालिका–४ बस्ने ३५ वर्षीय भुवनेश्वर प्रसाद साह र सोही नगरपालिका–९ बस्ने २५ वर्षीय सागर यादव रहेका छन् । इलाका प्रहरी कार्यालय रंगेली र लागुऔषध नियन्त्रण ब्यूरो विराटनगरबाट खटिएको प्रहरी टालीले उनीहरुलाई उक्त पदार्थसहित पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया