भोजपुर सिक्रेटारका सुक्खाग्रस्त क्षेत्रमा सिँचाइ पोखरी

लोकपथ
0
Shares

भोजपुर । अरुण गाउँपालिका–७ सिक्रेटारका सुक्खाग्रस्त क्षेत्रलाई लक्षित गरी सिँचाइ पोखरी निर्माण सुरु गरिएको छ ।

यस क्षेत्रका जमिन खेतीका लागि उर्वरभूमि भए पनि पर्याप्त सिँचाइ सुविधा नहुँदा बाझिन थालेका थिए तर पछिल्लो समय उक्त क्षेत्रमा एक टोल एक सिँचाइ पोखरी निर्माण सुरु गरिएको वडाध्यक्ष कुमार थापाले जानकारी दिए ।

गाउँपालिकाको १५ लाख रुपैयाँ लागतमा ढुङ्गेटोलमा नौ लाख लिटर क्षमताको ठूलो पोखरी निर्माण भइसकेको छ । बेलटार टोलमा पाँच लाख लिटर र मैदाने टोलमा तीन लाख लिटर क्षमताका पोखरी निर्माण गरिएको अध्यक्ष थापाले बताए ।

उनका अनुसार वडाका अन्य टोलमा चारवटा पोखरी निर्माणाधीन छन् । सबै स्थानमा पानीको स्रोत सुनिश्चित भएपछि पोखरी निर्माण थालिएको उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?