मोरङ । चट्याङ लागेर एक जनाको मृत्यु भएको छ ।
रतुवामाइ नगरपालिका-४ झुर्किया बस्ने झरीलाल महतोको छोरी १६ वर्षीया बिपना महतोको चट्याङ लागेर मंगलबार बिहान मृत्यु भएको हो ।
आफ्नै घरमा बसिरहेको अवस्थामा चट्याङ लागेर गम्भीर घाइते भएकी उनको रंगेली अस्पताल रंगेलीमा उपचारको क्रममा मृत्यु भएको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया