संघीय संसद भवन सुरक्षार्थ खटिएका प्रहरी जवानले आफैँलाई हाने गोली, घटनास्थलमै मृत्यु

लोकपथ
364
Shares

काठमाडौं । नयाँ बानेश्वरस्थित संघीय संसद भवनको सुरक्षार्थ खटिएका नेपाल प्रहरीका एक जवानले संसद भवनभित्रै आफैलाई गोली हानी आत्महत्या गरेका छन् ।

बिहान ६ बजेदेखि ड्यूटीमा बसेका दोलखा घर भएका प्रहरी जवान २२ वर्षीय अजित गोलेले २ नम्बर गेटको शौचालय गएर आफैलाई गोली हानेका थिए । प्रहरीको विशेष सुरक्षा दस्ता (एसटीएफ) मा कार्यरत रहेका उनले आफैँले बोकेको पेस्तोलले निधारमा गोली हानेको र घटनास्थलमै मृत्यु भएको प्रहरी स्रोतले बतायो ।

संसद सचिवालयका प्रवक्ता एकराम गिरीले उनले गोली हानेर आत्महत्या गरेको बताए । उनी नेपाल प्रहरीमा ३ वर्षदेखि कार्यरत् थिए । प्रहरीले घटनाको अनुसन्धान गरिरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?