काठमाडौं । विभिन्न स्थानमा करेन्ट लागेर तीन जनाको मृत्यु भएको छ ।
इलामको फाकफोकथुम गाउँपालिका–६ मा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा मेतालुङ पोखरी बस्ने ६६ वर्षीय कुल बहादुर विक रहेका छन् । घरबाट सोही ठाउँस्थित फुस्रे गाउँतर्फ जाँदै गरेको अवस्थामा बाटोमा लत्रिएको विद्युतको तारबाट करेन्ट लागेर उनको मंगलबार दिउँसो मृत्यु भएको हो ।
यसैगरी सिराहाको लहान नगरपालिका–२२ बेल्हीमा करेन्टलागेर एक महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा सोही ठाउँ बस्ने २५ वर्षीया गीता चौधरी रहेकी छन् । आफ्नै घरको आँगनमा मोटर जडान गरेको कल चलाउने क्रममा करेन्ट लागेर गम्भीर घाइते भएकी उनको प्रादेशिक अस्पताल लहानमा उपचारको क्रममा मंगलबार बेलुकी मृत्यु भएको हो ।
त्यसैगरी धादिङको धुनिवेशी नगरपालिका-५ फुरौलेस्थित टिनको छाप्रोमा विद्युत जोड्ने क्रममा करेन्ट लागेर उदयपुर घर भएका ३५ वर्षीय दिलिप राउतको मंगलबार बेलुकी मृत्यु भएको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया