सर्लाही । सर्लाहीमा आज बिहीबार बिहान यात्रुबाहक बस दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ भने केही घाइते भएका छन् । पूर्वपश्चिम राजमार्गस्थित बागमती नगरपालिका–११, रायमाझी चोकमा रोकेर राखेको लरीमा ठोक्किएर रुपन्देहीबाट जनकपुरतर्फ आइरहेको बस दुर्घटनामा परेको हो ।
दुर्घटनामा रुपन्देहीको मायादेवी गाउँपालिका निवासी हरिबहादुर चौधरी, ८५ वर्षीय दशरथ कोहार र ५० वर्षीय रामकरण केवटको मृत्यु भएको प्रहरीले जनाएको छ । घटनालगत्तै उद्धार गरी घाइतेलाई हरिवनस्थित नमूना अस्पताल पु¥याइएको थियो । चिकित्सकले त्यहाँ तीन जनालाई मृत घोषणा गरेको इलाका प्रहरी कार्यालयका प्रहरी निरीक्षक अनिलराज गिरीले जानकारी दिए ।
बसमा ४० जना सवार रहेका प्रहरीले जनाएको छ । दुर्घटनामा गम्भीर घाइते भएकाहरुको जनकपुर, वीरगञ्ज तथा स्थानीय अस्पतालमा उपचार भइरहेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया