काठमाडौं । दुग्ध विकास संस्थान (डीडीसी)ले रकम भुक्तानी नगरेको भन्दै आन्दोलनरत दुग्ध किसानहरु आज पनि धर्नामा बसेका छन् । उनीहरु लैनचौरस्थित डीडीसी कार्यालय नजिक धर्नामा बसेका हुन् । हिजो बुधबार कृषि तथा पशुपन्छी विकास मन्त्रालयमा भएको छलफल निष्कर्षविहीन भएपछि किसानहरुले आन्दोलनलाई जारी राखेका छन् ।
दुग्ध किसानले हिजो बिहान बक्यौता भुक्तानी तत्काल दिन माग गर्दै दुग्ध विकास संस्थान केन्द्रीय कार्यालय घेराउ गरेका थिए । सो क्रममा प्रहरीले उनीहरुमाथि धरपकड गरी ४५ जनाभन्दा बढी किसानलाई पक्राउ गरेको थियो ।
निजी र सरकारी पक्षबाट दुग्ध किसानको बाँकी बक्यौता भुक्तानी हुनुपर्ने लगायतका माग सहित पीडित किसानहरु काठमाडौंमा आन्दोलनमा छन् । सरकारले पटक–पटक किसानसँग गरेको सम्झौता–सहमति कार्यान्वयन नगर्दा किसान मर्कामा परेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया