जबरजस्ती करणीको अभियोगमा दुईजना पक्राउ

लोकपथ
0
Shares

काठमाडौं । ललितपुर र तनहुँबाट बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा दुई जनालाई प्रहरीले पक्राउ गरेको छ ।

ललितपुरमा १४ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा कोञ्ज्योसोम गाउँपालिका–४ नल्लु बस्ने ४० वर्षीय कुमार केसी लाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको हो । केसीले ती बालिकालाई २०८० फागुन ८ गते साँझ डर त्रास देखाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा इलाका प्रहरी कार्यालय कोञ्ज्योसोमबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

यसैगरी तनहुँमा १२ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा बन्दिपुर गाउँपालिका–१ नाहाला बस्ने ५९ वर्षीय बम बहादुर कुँवरलाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । कुँवरले ती बालिकालाई आइतबार दिउँसो ललाई फकाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा जिल्ला प्रहरी कार्यालय तनहुँबाट खटिएको प्रहरी टोलीले उनलाई पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?