काठमाडौं । असफलताले मानिसलाई धेरै कुरा सिकाउँछ । त्यो सिकाईलाई मानिसले जीवनमा अपनाउने हो भने उसलाई अगाडिको यात्रा निकै सहज हुन्छ । यही कुरालाई मध्यनजर गर्दै अभिनेता सिद्धार्थ मल्होत्राले अब कुनै पनि फिल्ममा प्रहरीको भूमिका निर्वाह नगर्ने घोषणा गरेका छन् ।
उनले यसअघि फिल्म ‘शेरशाह’मा सैन्य अधिकारी, वेब सिरिज ‘इण्डियन पुलिस फोर्स’मा प्रहरी अधिकारी र हालै प्रदर्शन भएको फिल्म ‘योद्धा’मा सैन्य अधिकारीको भूमिका निर्वाह गरिसकेका छन् ।
एकातर्फ कलाकारलाई एकै किसिमको भूमिका निभाई रहँदा ‘टाइपकास्ट’को जोखिम पनि हुन्छ । सिद्धार्थको फिल्म ‘योद्धा’ बक्सअफिसमा असफल भएपछि उनलाई यसले राम्रै झड्का दिएको छ ।
हालैमात्र फिल्म निर्देशक मेघना गुलजारले सिद्धार्थलाई सहकार्यको प्रस्ताव गरेकी थिइन् । तर फिल्ममा उनको चरित्र प्रहरीको हुने भनिएपछि सिद्धार्थले त्यो फिल्म नगर्ने निर्णय लिएका छन् ।
‘योद्धा’ असफल भएपछि सिद्धार्थ ‘बर्दीधारी’ भूमिका नगर्ने निर्णयमा अडिग छन् । उनी अहिले विविध भूमिकामा उनको कलालाई फरक फरक देखाउने चरित्रमा काम गर्ने मुडमा छन् ।
सिद्धार्थ निर्माता मुराद खेतानीका साथ एक्सन फिल्म गर्ने तयारीमा छन् । फिल्मको निर्देशन बलविन्दर सिंह जंजुआले गर्नेछन् । जसले रणदीप हुड्डाको ‘तेरा क्या होगा लवली’, निर्देशन गरेका थिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया