पोर्चुगल पठाइदिन्छु भन्दै रकम ठगी गर्ने महिला पक्राउ

लोकपथ
0
Shares

काठमाडौं । वेरोजगार युवायुवतीहरुलाई आकर्षक तलबको प्रलोभन पारी वैदेशिक रोजगारीमा पोर्चुगल पठाइदिन्छु भन्दै रकम ठगी गर्ने महिला पक्राउ परेकी छन् ।

पक्राउ पर्नेमा काभ्रेपलाञ्चोक रोसी नगरपालिका–३ घर भई हाल काठमाडौं नगरपालिका–१६ बौद्ध नयाँबस्ती बस्ने ३४ वर्षीया गोमा रानी थोकर रहेकी छन् ।

थोकरलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको प्रहरी टोलीले काठमाडौंको नयाँ बानेश्वरबाट आज (बिहिबार) पक्राउ गरेको हो ।

२ जना पीडितहरुबाट १० लाख ३६ हजार रकम लिए पश्चात विदेश नपठाई थोकर सम्पर्क विहीन भएकोमा पीडितहरुले दिएको जाहेरीको आधारमा प्रहरीले पक्राउ गरेको हो ।

यस सम्बन्धमा थप अनुसन्धान तथा कारबाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल, काठमाडौं पठाइएको प्रहरीले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?