छोरी सोनाक्षी सिन्हाको विवाहलाई बाबु शत्रुघ्नले बल्ल जनाए सहमति, आइतबार विवाह

लोकपथ
9.5k
Shares

मुम्बई । अन्ततः अभिनेत्री सोनाक्षी सिन्हा आइतबार कानुनी र परम्परा दुबै रुपमा वैवाहिक सम्बन्धमा बाँधिन लागेकी छिन् । उनी अभिनेता जहिर इकबालसँग वैवाहिक सम्बन्धमा बाँधिन लागेकी हुन् । ३५ वर्षीय जहिर व्यवसायीसमेत हुन् ।

उनले चलचित्र नोटबुकबाट अभिनय सुरु गरेका थिए । सलमान खानको फिल्म ‘जय हो’ मा पनि जहिर शीर्ष भूमिकामा थिए । ३७ वर्ष पुगेकी सोनाक्षीको यो विवाहलाई परिवारले अझै पनि राम्ररी स्विकारेका थिएनन् । उनका बाबु एवं भाजपाका सांसद अभिनेता शत्रुघ्न सिन्हाले आफू छोरीको विवाहमा सहभागी हुने बताएका छन् । यसअघि कानुनी विवाह मात्र गर्ने तयारीमा रहेकी अभिनेत्री सोनाक्षीले परिवारको साथ पाएपछि अब पारम्पारिक विवाहसमेत गर्ने भएकी हुन् ।

यो विवाहका लागि शत्रुघ्नलाई मनाउने काम उनको भाइ एवं बलिउड सिनेकर्मी पहलाज निहलानीले गरेको बताइएको छ । शत्रुघ्नले पनि आफ्नो छोरीको विवाहकै लागि आफू मुम्बई बसेको बताएका छन् । छोरीको खुसी नै आफ्नो खुसी भएकाले उनको विवाहलाई सफल पार्न आफ्नो कोशिस रहने उनको भनाइ छ । उनले आफ्नो पारिवारिक कुरालाई अनावश्यक रुपमा बाहिर नल्याइदिन पनि सञ्चार माध्यमलाई अनुरोध गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?