लागुऔषधसहित ३ जना पक्राउ

लोकपथ
0
Shares

काठमाडौं । झापा र चितवनबाट अवैध लागुऔषधसहित तीनजना पक्राउ परेका छन् ।

झापाको झापा गाउँपालिका–१ सालमारा झोलुङ्गे पुल बगानबाट अवैध लागुऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ २० ग्राम ५ सय ५० मिलिग्रामसहित २ जना पक्राउ परेका छन् । पक्राउ पर्नेहरूमा भारत घर भएका ४० वर्षीय जुलमात हुसेन र २० वर्षीय तोसिफ आमल रहेका छन् । इलाका प्रहरी कार्यालय कुमरखोदबाट खटिएको प्रहरी टोलीले उनीहरूलाई उक्त पदार्थसहित बिहीबार बेलुकी पक्राउ गरेको हो ।

यसैगरी चितवनको राप्ती नगरपालिका–५ शिखरडाँडास्थित चेपाङ मार्गबाट अवैध लागुऔषध गाँजा १५ किलो ३ सय ग्रामसहित एकजना पक्राउ परेका छन् । सोही नगरपालिका–११ आपपानी बस्ने ४८ वर्षीय मन लामा तामाङलाई गएराति प्रहरीले पक्राउ गरेको हो । इलाका प्रहरी कार्यालय भण्डाराबाट खटिएको प्रहरी टोलीले उनलाई उक्त गाँजासहित पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?