काठमाडौं । रौतहट र सुनसरीमा सवारी दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ ।
रौतहटको गुजरा नगरपालिका–७ औरिडीस्थित सडकमा ना.१७ प ५८७५ नम्बरको मोटरसाइकल अनियन्त्रित भई बिहिबार दिउँसो दुर्घटना हुँदा मोटरसाइकल चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा सोही ठाउँ बस्ने ४५ वर्षीय सुरेन्द्र विश्वकर्मा रहेका छन् । दुर्घटनामा गम्भीर घाइते भएका उनको चपुरस्थित सरकारी अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो ।
यसैगरी सुनसरीको बराहक्षेत्र नगरपालिका–३ राजधानी चोकमा प्रदेश १–०२–००३ ह ७८९८ नम्बरको सिटी सफारी र प्रदेश १–०२–०५३ प ३१६७ नम्बरको मोटरसाइकल एकआपसमा ठक्कर खाई दुर्घटना हुँदा मोटरसाइकल चालकको मृत्यु भएको छ ।
मृत्यु हुनेमा उदयपुर बेलका नगरपालिका–९ बस्ने ४५ वर्षीय पदम खड्काको मृत्यु भएको छ । गत जेठ ३० गते बिहान भएको उक्त दुर्घटनामा गम्भीर घाइते भएका उनको नर्भिक अस्पताल काठमाडौंमा थप उपचारको क्रममा गएराति मृत्यु भएको हो ।
दुर्घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया