रूवी खानसँगको सम्झौताको कार्यान्वयनको प्रगति मागगर्दै गृह मन्त्रालयलाई मानव अधिकार आयोगले पठायो पत्र

लोकपथ
35
Shares

काठमाडौं । रूवी खानको समूहसँग भएका सम्झौता कार्यान्वयनको प्रगतिको माग गर्दै मानव अधिकार आयोगले गृह मन्त्रालयलाई पत्राचार गरेको छ । गृह मन्त्रालयलाई सम्झौता कार्यान्वयनको प्रगति ७ दिनभित्र उपलब्ध गराउन माग गर्दै पत्राचार गरेको हो ।

निर्मला कुर्मीको न्यायका लागि आन्दोनमा रहेकी रूवी खानलगायत महिलाहरूले कुर्मीलाई न्याय दिन माग गर्दै अनशन तथा प्रदर्शन गर्दै आएका छन् ।

कुर्मीको घटना छानबिनका लागि २०७८ कात्तिकमा गृह मन्त्रालय अन्तर्गत छानबिन समिति गठन भएको थियो । उक्त समितिको प्रतिवेदनमा दोषीलाई प्रकाउ गरी अनुसन्धान अघि बढाउन सिफारिस गरेको जानकारी प्राप्त भएको आयोगले जनाएको छ । समितिको सिफारिस कार्यान्वयनको समेत माग राखी २५ जेठदेखि देखि रुबी खान काठमाडौंमा अनशन बसिरहेकी छिन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?