८ देशका लागि राजदूत सिफारिस

लोकपथ
0
Shares

काठमाडौं । सरकारले भारतको राजदूतमा पूर्व मुख्य सचिव लोकदर्शन रेग्मीलाई सिफारिस गर्ने निर्णय गरेको छ । शुक्रबार बसेको मन्त्रिपरिषद्को बैठकले राजनीतिक भागबन्डाका आधारमा आठ देशका राजदूत नियुक्तिका लागि सिफारिस गर्ने निर्णय गरेको कानुन मन्त्री पदमगिरीले जानकारी दिए ।

उनले भने, ‘आठ वटा देशलाई राजदुत नियुक्तिका लागि सिफारिस गर्ने पनि निर्णय भएको छ । जसअनुसार अमेरिकाका लागि चन्द्र कुमार घिमिरे, भारतका लागि पूर्व मुख्य सचिव लोकदर्शन रेग्मी ,सुशील प्याकुरेल दक्षिण कोरिया, सुम्निमा तुलाधर डेनमार्क, नेत्रप्रसाद तिमल्सेना मलेसिया,डा विजन पन्त बेलायत, पुष्पराज राजकर्णिकार स्पेन, र अबुसुफ्यानखान मुसलमान साउदी अरबका लागि राजदूत सिफारिस गर्ने भन्ने निर्णय भएको छ ।

त्यस्तै,विश्व बैंकबाट उपलब्ध हुने ८० मिलियन अमेरिकीडलर बराबरको सहुलियतपूर्ण ऋण सहायता स्वीकार गर्ने पनि निर्णय भएको उनले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?