काठमाडौं । उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी (जसपा) नेपालले लुम्बिनी प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ ।
जसपा संसदीय दलकी प्रमुख सचेतक अम्बिका काफ्लेले आज आइतबारस विज्ञप्ति जारी गर्दै लुम्बिनी प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिएको जानकारी दिएकी हुन् । विज्ञप्तीमा आजका मितिदेखि नै आफ्नो दल प्रतिपक्ष दलको भूमिकामा बस्ने उल्लेख छ ।
जसपा नेपालले समर्थन फिर्ता लिएपनि मुख्यमन्त्री बनेका जोखबहादुर महरालाई बहुमतमा भने समस्या हुँदैन । ८७ सदस्यीय प्रदेश सभामा बहुमतका लागि ४४ सांसद भए पुग्छ ।
माओवादीबाट मुख्यमन्त्री बनेका महरालाई एमालेका २९, माओवादी केन्द्रका १०, नागरिक उन्मुक्तिका ४, अशोक राई नेतृत्वका जसपाका २, एकीकृत समाजवादीका एक र एक जना स्वतन्त्र सांसद गरी ४७ सांसदको समर्थन कायम छ । जसपा नेपालसँग भने एक जना मात्र सांसद छन् । केन्द्रमा दुई पार्टी भएर प्रदेश र स्थानीय तहमा जनप्रतिनिधिले दुई अलग अलग पार्टी बनाएपनि जसपा नेपालका अध्यक्ष उपेन्द्र यादव सर्वोच्चमा गएका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया