एनसेल एपमा माछापुच्छ्रे बैंकको प्लेटफर्म मार्फत भुक्तानी सुविधा

लोकपथ
245
Shares

काठमाण्डौं । माछापुच्छ्रे बैंक लिमिटेड र एनसेलबीच डिजिटल प्लेटफर्म मार्फत सेवा प्रदान गर्नका लागि सम्झौता पत्रमा हस्ताक्षर भएको छ । उक्त सम्झौता पत्रमा एनसेलका प्रमुख कार्यकारी अधिकृत जाब्बोर कायुमोभ र माछापुच्छ्रे बैंक लि.को तर्फबाट प्रमुख कार्यकारी अधिकृत सन्तोष कोइरालाले गत हप्ता एनसेल आइकन, लैनचौरमा हस्ताक्षर गरेका थिए ।

मोबाइलमा डेटा सकिए पछि ब्यालेन्स नकाटिने र अन्य सुविधाहरु रहेको एनसेलको ‘सधैँ अन’ योजना अन्तर्गत गरिएको यस सम्झौता अनुसार, अब माछापुच्छ्रे बैंक लि.मा आफ्नो खाता भएका एनसेलका ग्राहकहरुले बैंकको मोबईल बैकिङ्ग एप एमबीएल एम–स्मार्ट को चेक आउट सर्भीस प्रयोग गरि एनसेलको मोबाइल एप, रिटेलर्स एप, वेबसाइटमार्फत सजिलै ब्यालेन्स रिचार्जका साथै सेवा, सुविधाहरु खरिदका लागि भुक्तानी गर्न सक्नेछन ।

यसैगरी एनसेलका वितरक तथा खुद्रा बिक्रेताहरुले पनि रिटेलर्स एपमार्फत सिधैँ माछापुच्छे बैंक लि.को खातामा रहेको रकमबाट आफ्नो भर्चुअल फन्ड लोड गर्न सक्नेछन । यस सम्झौताले ग्राहकको डिजिटल यात्रालाई सहज बनाउँदै सधैँ अन रहन सहयोग गर्ने विश्वास एनसेल र माछापुच्छ्रे बैंक लि.ले लिएको छ । एनसेल एपमा अन्य सुविधाहरू पनि रहेका छन् । जसले ग्राहकहरूलाई देशभित्र मात्र नभई देश बाहिर रोमिङमा रहँदा पनि सुविधा प्रदान गर्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?