सुशील प्याकुरेलद्वारा राजदूत बन्न अस्वीकार

भन्छन् : सिफारिसप्रति मेरो असन्तुष्टि छ, कन्सल्ट गर्दैछु

लोकपथ
819
Shares

काठमाडौं । मानवअधिकारकर्मी सुशील प्याकुरेलले सहमतिबेगर आफूलाई दक्षिण कोरियाको राजदूतमा सिफारिस गरिएको भन्दै असन्तुष्टि जनाएका छन् । साथै उनले राजदूत पद अस्वीकार गर्ने संकेत गरेका छन् ।

प्याकुरेललाई गत असार ७ गतेको मन्त्रिपरिषद बैठकले दक्षिण कोरियाको लागि राजदूतमा सिफारिस गरेको थियो । राष्ट्रिय मानवअधिकार आयोगका पूर्वसदस्यसमेत रहेका प्याकुरेल नेकपा एमालेको कोटाबाट राजदूतमा सिफारिस भएका थिए । ‘सिफारिसप्रति मेरो असन्तुष्टि छ, मैले कन्सल्ट गर्दैछु, केही समयमै सबै कुरा थाहा पाउनुहुन्छ,’ प्याकुरेलले भने ।

उनले सिफारिसप्रति असन्तुष्टि जनाउँदै प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को सचिवालयलाई पत्रसमेत बुझाइसकेका छन् । ‘मलाई राजदूत सिफारिस गरेकोमा प्रधानमन्त्रीलाई धन्यवाद, तर मेरो रुचि र सहमति नभएकोले असमर्थ छु,’ पत्रमा उनले भनेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?