प्रधानमन्त्री कार्यालयकी सचिव लीलादेवी गड्तौलालाई निमित्त मुख्यसचिवको जिम्मेवारी दिने तयारी

लोकपथ
1.4k
Shares

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सुरक्षण मुद्रण केन्द्रको बजेट विनियोजन र अन्तशुल्क स्टिकर खरिदमा अनियमितता गरेको आरोपमा मुख्यसचिव डा. बैकुण्ठ अर्यालविरुद्ध भ्रष्टाचार मुद्दा दर्ता भएसँगै सरकारले प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयकी सचिव लीलादेवी गड्तौलालाई निमित्त मुख्यसचिवको जिम्मेवारी दिने तयारी गरेको छ । उनी कानुनतर्फकी सचिव हुन् ।

अन्तःशुल्क स्टिकर छपाइ प्रकरणमा भ्रष्टाचार गरेको ठहर गर्दै अख्तियारले अर्यालविरुद्ध मुद्दा दर्ता गरेलगत्तै उनी स्वतः निलम्बनमा परेका छन् ।

अर्यालले राजीनामा दिएको भए मुख्यसचिव पद रिक्त हुने थियो र मुख्य सचिव बढुवाको प्रक्रिया अघि बढाउन सहज हुने थियो । तर, राजीनामा नदिएको अवस्थामा उनी निलम्बित मात्र हुन्छन् । उनको पद रिक्त भइहाल्दैन । त्यस्तो अवस्थामा केही समय मुख्यसचिव कायममुकायम मुकरर गरेर मुलुकको निजामती प्रशासन चलाउने विकल्प पनि सरकारलाई छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?