काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ ।
राष्ट्र बैंकका अनुसार सोमवारअमेरिकी डलर आइतवारको तुलनामा स्थिर छ । आज डलर एकको खरिद दर १३३ रुपैयाँ ३६ पैसा रहेको छ भने बिक्री दर १३३ रुपैयाँ ९६ पैसा रहेको छ ।
यस्तै, युरो एकको खरिद दर १४२ रुपैयाँ ६० पैसा र बिक्री दर १४३ रुपैयाँ २४ पैसा रहेको छ । आइतवार युरोको खरिद दर १४२ रुपैयाँ ५१ पैसा र बिक्री दर १४३ रुपैयाँ १५ पैसामा कारोबार भएको थियो ।
आज, बेलायती पाउण्ड एकको खरिद दर १६८ रुपैयाँ ६५ पैसा र बिक्री दर १६९ रुपैयाँ ४१ पैसा रहेको छ । आइतवार पाउण्डको खरिद दर १६८ रुपैयाँ ५१ पैसा र बिक्री दर १६९ रुपैयाँ २७ पैसा रहेको थियो ।
त्यस्तै, आज अस्ट्रेलियन डलर एकको खरिद दर ८८ रुपैयाँ ५६ पैसा रहेको छ भने बिक्री दर ८८ रुपैयाँ ९६पैसा रहेको छ ।
आज कतारी रियालको मूल्य एकको खरिद दर ३६ रुपैयाँ ५८ पैसा र बिक्री दर ३६ रुपैयाँ ७४ पैसामा कारोबार भैरहेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया