‘संसद् सचिवालयका कर्मचारी आन्दोलित हुँदा संसद संचालनमा कठिनाइ’

लोकपथ
84
Shares

काठमाडौं । नेपाली कांग्रेसकी सांसद रमा कोइरालाले, संघीय संसद सचिवालयका कर्मचारीहरुको आन्दोलनका कारण संसदको सदुपयोग गर्न नसएिको उल्लेख गर्दै उनीहरुका जायज माग सम्बोधन गर्न सरकारको ध्यानाकर्षण गराएकी छिन् ।

सोमबारको प्रतिनिभि सभा बैठकमा बोल्दै सांसद कोइरालाले कानूनमन्त्रीको संयोजकत्वमा सहजीकरण समिति बनेको भएपनि कर्मचारी कालोपट्टि बाँधेर आन्दोलनमा बस्नु दुःखद रहेको बताइन् । उनले भनिन् । ‘संसद् सचिवालयका कर्मचारी आन्दोलित हुँदा संसद संचालनमा कठिनाइ भएको छ । मैले सुनेको छु कानूनमन्त्रीको संयोजकत्वमा सहजिकरण समिति गठन भएको छ ।

त्यो सहजिकरण समितिले पक्कै पनि काम थालेको होला भन्ने लागेको थियो । तर, आज संसद् भवन प्रवेश गर्दा हाम्रा कर्मचारी साथीहरु कालो पट्टि बाँधेर आन्दोलनमा बस्नुभएको रहेछ । यो दःखद हो । हाम्रो संसद ढिलो चल्यो । त्यसले गर्दा मेरो ध्यानाकर्षण भएको छ ।’

संसद सचिवालयका कर्मचारीहरुले पाउने गरेको तलबले राम्रोसँग जीवन जिउन समेत नसकेको उनको भनाइ छ । ‘सभामूख महोदय कर्मचारीलाई हामीले दिएको तलबले राम्रोसँग जिउन सक्ने खालको छैन । त्यसलाई हामीले स्विकार गर्नुपर्छ । उहाँहरुका केही जायज मागहरु पनि छन् । हामीले उहाँहरुसँग बसेर वार्ता गर्नुपर्छ । त्यो वार्ता सकेर संसदको समयको सदुपयोग गरौं । संसदको काम नियमीत गरौं,’ उनको भनाइ थियो ।

अतिरिक्त समयमा काम गर्दाको सेवा, सुविधा मागसहितका ११ बुँदे माग राख्दै संघीय संसद सचिवालयका कर्मचारीहरू आन्दोलनरत छन् । संघीय संसद सचिवालयका कर्मचारीको माग सम्बोधन गर्न कानुन, न्याय तथा संसदीय मामिलामन्त्री पदम गिरीको संयोजकत्वमा समिति गठन भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?