संघीय संसद्‍का आन्दोलनरत कर्मचारीको माग सम्बोधन गर्न ७ बुँदे सहमति

लोकपथ
0
Shares

काठमाडौं । आन्दोलनरत संघीय संसद् सचिवालयका कर्मचारीहरुको मागबारे सरकारले लचकता देखाएको छ। उनीहरुको मागलाई सम्बोधन गर्नका कर्मचारी पक्ष र गठित वार्ता समितिबीच ७ बुँदे सहमति भएको हो।

सोमबार कानुन, न्याय तथा संसदीय मामिलामन्त्री पदम गिरी, संसद् सचिवालयका महासचिव पद्यप्रसाद पाण्डे र कर्मचारी युनियनबीच भएको वार्तामा ७ बुँदे सहमति भएको हो।

विभिन्न ११ बुँदे माग राखेर  २१ दिनदेखि संसद् सचिवालयमा कार्यरत कर्मचारी खाजा, आवासका साथै अतिरिक्त समयमा काम गरेको भत्ता पाउनुपर्ने माग राख्दै आन्दोलनमा थिए । अतिरिक्त काम गरेको समयको भत्ता पाउनुपर्ने लगायतका मागहरु उनीहरुले गरिरहेका छन्।

त्यसो त उनीहरुले निरन्तर आन्दोलन गरेपछि संसद्को कामकाबाही नै प्रभावित बनेपछि आइतबार कानुनमन्त्रीको संयोजकत्वमा समिति गठन गरिएको हो।

आन्दोलनरत संसद् सचिवालयका कर्मचारी र सरकारबिच ७ बुँदे सहमति भएको छ ।  सोमबार कानुन, न्याय तथा संसदीय मामिलामन्त्री पदम गिरी, संसद् सचिवालयका महासचिव पद्मप्रसाद पाण्डे र कर्मचारी युनियनबिच भएको वार्ता ७ बुँदे सहमतिमा पुगेको हो । सहमति अनुसार संसद् सचिवालयका कर्मचारीको आवास भत्ता, शैक्षिक भत्ता र खाजा खर्च बढ्ने भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?