काठमाडौं । काठमाडौं महानगरपालिकाले आगामी आर्थिक वर्षका लागि २५ अर्ब ६३ करोड ७० लाख २५ हजार रूपैयाँको बजेट ल्याएको छ ।
आज बसेको महानगरपालिकाको १५औँ अधिवेशन अन्तर्गतको तेस्रो बैठकमा महानगरकी उपप्रमुख सुनिता डंगोलले आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गरेकी हुन्।
उनले आगामी आर्थिक वर्षका लागि २५ अर्ब, ७० करोड, ६३ लाख, २५ हजार बराबरको बजेट प्रस्तुत गरेकी हुन्।
उपप्रमुख डंगोलका अनुसार महानगरले आगामी आर्थिक वर्षमा पूर्वाधार विकासका लागि १४ अर्ब ८१ करोड ५१ लाख ५१ हजार बजेट छुट्टयाइएको छ। जुन कुल बजेटको ६१ दशमलव २० प्रतिशत हो। त्यसैगरी महानगरले आगामी आर्थिक वर्षमा कार्र्यलय सञ्चालन तथा प्रशासनिक क्षेत्रका लागि ३ अर्ब ४९ करोड ४५ लाख २९ हजार अर्थात् कुल बजेटको १४ दशमलव ४४ प्रतिशत बजेट छुट्टयाएको छ।
त्यस्तै आर्थिक विकास योजनाका लागि १९ करोड १ लाख बजेट छुट्टयाइएको छ। साथै सामाजिक विकास क्षेत्रका लागि ३ अर्ब, ८१ करोड ३६ लाख १५ हजार तथा सुशासन एवं अन्तरसम्बन्धित क्षेत्रका लागि १ अर्ब ८९ करोड २१ लाख ३० हजार बजेट छुट्टयाइएको छ। यसअघि चालु आर्थिक वर्षमा महानगरले २४ अर्ब बढीको बजेट ल्याएको थियो।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया