हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्मकट्टेलले खानेपानीको समस्याको दिर्धकालीन समाधान सरकारको प्रदेश सरकारको मुख्य प्राथमिकतामा रहेको बताएका छन् ।
मंगलबार खानेपानी तथा सरसफाइ उपभोक्ता महासंघले आयोजना गरेको बागमती प्रदेशस्तरीय क्षमता अभिबृद्धी गोष्ठीको उद्घाटन गर्दे खानेपानीका वहुवर्षी योजनाहरुमा बजेट सुनिश्चित गरिएको बताए ।
उनले भने, ‘अन्य क्षेत्रको बजेट काटेर पनि खानेपानीका समस्या समाधान गर्नुपर्छ । खानेपानिका बहुवर्षीय योजनाहरुमा बजेट सुनिश्तिच गरिएको छ । अगामी आर्थिक वर्षको बजेटमा समेत खानेपानीका समस्याको दिर्घकालीन समाधानका लागि बजेट छुट्याइएको छ ।’
त्यस्तै, बागमती प्रदेशका खानेपानी, उर्जा, तथा सिंचाइमन्त्री एकलाल श्रेष्ठले खानेपानीको समस्या हल गर्नका लागि सबै एक हुने बेला आएको बताए । प्रदेशमा स्वच्छ खानेपानीको प्रबन्धका लागि तीनै तहका सरकारहरुले सहकार्य र समन्वय गर्न आवश्यक छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया