रूपन्देही । माइक्रोबसको ठक्करबाट बालिकाको मृत्यु भएको छ ।
तिलोत्तमा नगरपालिका-२ शंकरनगरस्थित सडकमा शंकरनगरबाट बनबाटिकातर्फ जाँदै गरेको लु.१ ख ४५६६ नम्बरको माइक्रोबसको ठक्करबाट सोही नगरपालिका-२ बस्ने बेली घर्तीकी छोरी ५ वर्षीया रेखा घर्तीको सोमबार दिउँसो मृत्यु भएको हो ।
ठक्करबाट गम्भीर घाइते भएकी उनको क्रिमसन अस्पताल मणिग्राममा उपचारको क्रममा मृत्यु भएको हो । प्रहरीले माइक्रोबस चालकलाई नियन्त्रणमा लिई दुर्घटनाका सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया