अध्यक्षमा झलनाथले घनश्याम बोकेपछि तनावमा माधव नेपाल

लोकपथ
2.6k
Shares

काठमाडौं । नेकपा एकीकृत समाजवादीको अध्यक्षका लागि दाबी गरिरहेका सम्मानित नेता झलनाथ खनालले महासचिव घनश्याम भुसाललाई अगाडि बढाउन सहमति जनाएका छन् ।

यसअघि खनालले आफै पार्टी अध्यक्षको उम्मेदवार बन्ने सार्वजनिक दावी गर्दै आएका थिए । तर बुधबार बिहान आफ्नै निवास डल्लु आएका भूसाललाई पार्टी अध्यक्ष बन्न साथ दिने खनालले सहमति दिएका हुन् ।

तत्कालीन एमाले र २०७८ भदौमा बनेको एकीकृत समाजवादीभित्र खनाल र भूसालबीच निकटको सम्बन्ध थियो । एकीकृत समाजवादीको दशौं राष्ट्रिय महाधिवेशनमा खनाल र भूसाल दुवैले अध्यक्षको दाबी गरेका थिए । दुवै नेताका पार्टीभित्र धेरै मानिस साझा थिए । त्यसैले खनाल र भूसाललाई मिल्न दबाब थियो ।

खनाल निवासमा भएको छलफलमा खनाल, भुसाल र युवा संघका पूर्वअध्यक्ष नरेशकुमार शाही सहभागी रहेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?