काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले चितवनको भरतपुर स्थित कलेज अफ मेडिकल साइन्सेस शिक्षणअस्पताल (पुरानो मेडिकलकलेज) भरतपुरबाट प्रवाह हुँदै आएको स्वास्थ्य सेवाबारे जानकारी लिएका छन् ।
सो अवसरमा प्रधानमन्त्रीले मेडिकल कलेजमा उपचाररत पूर्वमन्त्री घनश्याम दाहाल एवं सर्व साधारणको स्वास्थ्यअवस्थाबारे जानकारी लिएका हुन् ।
उनले अस्पतालमा कार्यरत स्वास्थकर्मीसँग अन्तरक्रिया गर्नुका साथै त्यहाँ बाट प्रवाह हुँदै आएको सेवा बारे जानकारी लिए ।
सामान्य र विशेषमा गरी यस अस्पतालबाट दैनिक एक हजार भन्दा बढी बिरामीले ओपिडी सेवा लिँदै आएको अस्पतालले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया