हतारमा पार्टी एकता भन्दा पनि राजनीतिक स्थायित्वलाई बढी जोड दिइन्छ : प्रधानमन्त्री

लोकपथ
0
Shares

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले यस वर्ष पनि किसानलाई समयमै रासायनिक मल उपलब्ध हुने बताएका छन् ।

शुक्रबार भरतपुर विमानस्थलमा पत्रकारहरूसँग संक्षिप्त कुरा गर्दै प्रधानमन्त्री प्रचण्डले यस वर्ष रासायनिक मलको राम्रो तयारीमा रहेको भन्दै मलको अभाव हुन नदिने बताए ।

उनले भने,‘पोहोर साल मलको खासै अभाव भएको सुनिएन । यस वर्ष पनि हामी रासायनिक मलको राम्रो तयारीमा छौँ, मलको अभाव हुन दिइँदैन ।’

चितवनका केरा किसानलाई बीमा वापतको रकम उपलब्ध गराउन सरकार गम्भीर भएर लागेको उल्लेख गर्दै प्रधानमन्त्रीले सकेसम्म चाँडो किसानका समस्या समाधान गर्न लागि परेको स्पष्ट पारे । उनले जनताले अनुभूत गर्ने गरी परिणाम दिन सरकार क्रियाशील रहेको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?