लालीगुराँस बहुउद्देश्यीय सहकारीका प्रमुख सञ्चालक भण्डारी पक्राउ 

लोकपथ
686
Shares

काठमाडौं । लालीगुराँस बहुउद्देश्यीय सहकारी संस्थाका प्रमुख सञ्चालक सुरेन्द्र भण्डारी पक्राउ परेका छन् । नेपाली कांग्रेसका केन्द्रीय सहकारी विभागका प्रमुख समेत रहेका भण्डारी सहकारीको बचत अपचलन प्रकरणपछि फरार रहेका थिए ।

उनलाई उपत्यका अपराध महाशाखाको टोलीले शुक्रबार राति बालुवाटारबाट पक्राउ गरेको हो । लालिगुराँस सहकारी ठगीसम्बन्धी छानविन गर्न गठित संसदीय विशेष समितिको सूचीमा पनि रहेको छ ।

उक्त सहकारी सञ्चालकहरूले बचतकर्ताको ६ अर्बभन्दा बढी रूपैयाँ अपचलन गरेको थियो । सहकारीका व्यवस्थापक धुर्व पाखरेल भने यसअघि नै पक्राउ परिसकेका छन् । अन्य सबै पदाधिकारीलाई फरार सुचीमा छन् । उक्त सहकारीले सर्वसाधारणलाई १८ देखि २० प्रतिशतसम्म ब्याज असुली गर्दै आएको थियो ।

लालीगुराँस सहकारीमा सर्वसाधरणको सात अर्बभन्दा धेरै बचत फसेको छ । सहकारी विभागले सो सहकारीलाई समस्याग्रष्त घोषणा गरी छानविन गरिरहेको छ । प्रमुख कार्यकारी अधिकृत भण्डारीले संस्थाको धेरै रकम दुरुपयोग गरी निजी कम्पनीमा लगानी गरेका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?