गुल्मी । गुल्मीमा पहिरोले घर पुरिँदा पाँच जनाको मृत्यु भएको छ।
मालिका गाउँपालिका–६ कँडेलपाटामा भेषबहादुर विकको घर पहिरोले पुर्दा एकै परिवारका ५ जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी निरीक्षक सूर्यभान चौधरीले बताए।
पहिरोमा पुरिएर ५५ वर्षीय भेषबहादुर, ४८ वर्षीया श्रीमती सुन्तली, बुहारी २६ वर्षकी सीता, नातिनीहरू ८ वर्षकी सपना र ८ महिनाको बिपनाको मृत्यु भएको प्रहरीले जनाएको छ।
पहिरोले भेषबहादुरको ढुङ्गामाटोले बनेको दुई तले घर पुरेको थियो। घर पहिरोले पुरिएको बिहान ७ बजे मात्रै जानकारी भएको प्रहरीले जनाएको छ। गयराती परेको पानीले जिल्लाका अन्य स्थानमा पनि गएका पहिरोले कच्ची बाटोहरु प्रभावित भएका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया