काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका बेचन झालाई ७ दिन थुनामा राखेर अनुसन्धान गर्न अदालतले आदेश दिएको छ ।
काठमाडौं जिल्ला अदालतले पक्राउ परेको मितिले ७ दिनसम्म थुनामा राखेर अनुसन्धान गर्न प्रहरीलाई आदेश दिएको हो ।
प्रहरीको विशेष ब्यूरोको टोलीले शुक्रबार राति उनलाई भारतबाट पक्राउगरी सोही दिन नै जिल्ला प्रहरी परिसर, काठमाडौंको जिम्मा लगाएको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया