काठमाडौं । नेपाली कांग्रेस र एमालेबीच सोमबार मध्यराति नयाँ सरकार बनाउने सहमति भएपछिको विकसित घटनाक्रमबारे राष्ट्रपतिलाई जानकारी गराउन प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ राष्ट्रपति निवास शितलनिवास पुगेका छन् ।
यो समाचार लेख्दासम्म राष्ट्रपति रामचन्द्र पौडेललाई प्रधानमन्त्री दाहालले पछिल्लो विकसित घटनाबारे जानकारी गराइरहेका छन् ।प्रधानमन्त्री दाहाल पार्टी बैठक सकेर राष्ट्रपति निवास गएका हुन् ।
प्रधानमन्त्री दाहालको दल माओवादी केन्द्रको बैठक आज बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको थियो ।
माओवादी केन्द्रको पदाधिकारी बैठकले प्रधानमन्त्री दाहालले राजीनामा नदिई विश्वासको मतको सामना गर्ने निर्णय गरेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया