काठमाडौं । प्रस्तावित निर्वाचन आयुक्त कृष्णमान प्रधानको संसदीय सुनुवाइको मिति तय गरेको छ ।
मंगलबार बसेको संसदीय सुनुवाइ समितिको बैठकले प्रधानमाथिको उजुरी र सुनुवाइ गर्नको लागि असार २० र २१ गतेको मिति तय गरेको हो ।
बैठकमा समितिका सभापति पशुपति शमशेर जबराले संवैधानिक परिषद्ले सिफारिस गरेका प्रस्तावित व्यक्तिमाथिको सुनुवाइ गर्ने सम्बन्धमा समितिले सचिवालयको तर्फबाट प्रस्तावित मिति परिमार्जनसहित पारित गरिएको जानकारी दिएका हुन् ।
उनले भने, ‘सचिवालयबाट तयार गरिएको प्रस्तावित कार्यतालिका परिमार्जनसहित पारित गरिएको घोषणा गर्दछु ।’
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया