मार्गप्रशस्त गर्न कांग्रेसद्वारा प्रधानमन्त्रीलाई आग्रह

लोकपथ
273
Shares

काठमाडौं । नेपाली कांग्रेसले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई मार्गप्रशस्त गर्न आग्रह गरेको छ।

पार्टी सभापति शेरबहादुर देउवाको निवास बूढानीलकण्ठमा बसेको कार्यसम्पादन समितिको बैठकले दुई ठूला दल मिलेर सरकार बनाउने सहमति गरेपछि मार्गप्रशस्त गर्न आग्रह गरेको हो ।

बैठकपछि बोल्दै कांग्रेस प्रवक्ता प्रकाशशरण महतले पहिलो चरणमा सरकारको नेतृत्व नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले गर्ने जानकारी दिए।

उनले भने, ‘सबैभन्दा ठूला दल कांग्रेस र एमाले मिलेर सरकार बनाउने भनेपछि प्रधानमन्त्री मार्गप्रशस्त गर्नुपर्छ। उहाँले अब मार्ग प्रशस्त गर्न उपयुक्त हुन्छ। अरू दलको पनि समर्थन घोषणा भइरहेको छ। त्यसैले हामीले प्रधानमन्त्रीलाई मार्गप्रशस्त गर्न आग्रह गरेका छौँ।’

त्यसपछि दोस्रो चरणमा निर्वाचन सम्पन्न नभएसम्म कांग्रेस सभापति शेरबहादुर देउवाले सरकारको नेतृत्व गर्ने उनले बताए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?