काठमाडौं । चिया तथा कफी बोर्डको निर्देशक नियुक्तिको लागि दरखास्त स्वीकृत भएका उम्मेदवारहरूको प्रस्तुतीकरण र अन्तर्वार्ता स्थगित भएको छ ।
सिफारिस समितिको आजको निर्णय अनुसार नाम सिफारिस गरिएका उम्मेदवारको कार्ययोजना प्रस्तुतीकरण र अन्तर्वार्ता अर्को सूचना नआएसम्मको लागि स्थगित गरिएको हो ।
कृषि तथा पशुपन्छी विकास मन्त्रालयले सूचना जारी गर्दै यसबारे जानकारी गराएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया