म्याग्दीमा सदरमुकाम बाहिरका ग्रामीण सडक धमाधम कालोपत्र गरिँदै

लोकपथ
0
Shares
फाइल तस्बिर

गलेश्वर । हिमाली जिल्ला म्याग्दीमा सदरमुकाम बेनी बजार बाहिरका ग्रामीण क्षेत्रका सडक धमाधम कालोपत्र हुन थालेका छन् । विसं २०५२ मा सडक सञ्जालमा जोडिएको जिल्लामा हालसम्म ३० किलोमिटर सडक कालोपत्र भएको छ ।

विसं २०७७ सम्म जिल्लामा सदरमुकाम बेनीबजार वरपर र बेनी नगरपालिकाको क्षेत्रमा जम्मा ११ किमी सडक कालोपत्र भएकामा चालु आर्थिक वर्षमा थप १६ दशमलव दुई किमी सडक कालोपत्रको अन्तिम चरणमा रहेको भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्रालयअन्तर्गतको पूर्वाधार विकास कार्यालयले जनाएको छ ।

कार्यालयका प्रमुख विष्णु पौडेलले चालु आवमा बहुवर्षीय र सालबसाली आयोजनामार्फत १६ दशमलव दुई किमी सडक कालोपत्रसहित आरसिसी र पिसिसी ढलानको काम अन्तिम चरणमा रहेको जानकारी दिए । छ किमी ग्राभेल, १० किमी नयाँ मार्ग खोल्ने, १५ किमी सडक विस्तार, चार किमी नाली निर्माण, १० हजार घनमिटर टेवा पर्खाल निर्माण गर्न आयोजना सञ्चालन भएको उनले बताए

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?