रौतहटको कटहरियाका मेयर र उपमेयरविरुद्ध अख्तियारले चलायो भ्रष्टाचार मुद्दा

लोकपथ
413
Shares

काठमाडौं । रौतहटको कटहरिया नगरपालिकाका मेयर अजय प्रकाश र उपमेयर रीता देवीविरुद्ध अख्तियारले भ्रष्टाचार मुद्दा दायर गरेको छ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अधुरो सामुदायिक भवनमा टायल्स र फ्लोरिङको काममा उपभोक्ता समितिसँग मिलेमतो गरेर वास्तविकताभन्दा बढी क्षेत्रफल देखाएर रकम हिनामिना गरेको अभियोगमा मुद्दा दायर गरेको हो ।

अख्तियारले मेयर अजय प्रकाशलाई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ८ को उपदफा (१) को देहाय (ग) र (ङ)बमोजिमको कसुरमा बिगो बाह्र लाख बाउन्न हजार नौ सय एकचालीस रुपैयाँ पन्चानब्बे पैसा कायम गरी कैद र बिगो बमोजिम जरिबानाको मागदाबी लिएको छ।

उपप्रमुख रीता देवी, योजना शाखा प्रमुख राम नरेश प्रसाद यादव, कार्यापलिका सदस्य समिश बिक्रम शाह, कार्यपालिका सदस्य मनोज प्रसाद जैसवाल, इन्जिनियर मो। मकसुद आलमको हकमा भने भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १९ को उपदफा (२)बमोजिमको कसुरमा सोही ऐनको दफा १९ को उपदफा (२) बमोजिमको कैद र जरिवाना सजाय हुन मागदाबी लिइएको छ।

यस्तै अख्तियारले प्रमुख प्रशासकीय अधिकृत राम प्रकाश साहसहित थप ८ जनाविरुद्ध पनि गैरकानूनी लाभ तथा हानी पुर्‍याई भ्रष्टाचार गरेको सम्बन्धी मुद्दा बिहीबार विशेष अदालतमा दायर गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?