एआईजीमा सिफारिस पोखरेलले पाए डीआईजीमै अवकाश

लोकपथ
693
Shares

काठमाडौं । प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) मा बढुवा सिफारिस भएका पोषराज पोखरेल प्रहरी नायब महानिरीक्षक (डीआईजी) मै अवकाशमा गएका छन् ।

गत असार १० गते बसेको बढुवा समिति बैठकले डीआईजी पोखरेललाई एआईजीमा बढुवा गर्न सिफारिस गरेपनि परिवर्तित राजनीतिक घटनाक्रमका कारण उनी एआईजी बन्न सकेनन् ।

डीआईजीको ५६ बर्से उमेर हदका कारण उनले हिजो बिहीबार राति १२ बजेदेखि अवकाश पाएका हुन् । प्रहरी नियमावली २०७१ अनुसार एआईजी र डीआईजीले ५६ वर्षमा उमेर हदले अवकाश पाउँछन् ।

त्यसो त हिजो बिहीबार साँझ मन्त्रिपरिषद बैठक बसेको थियो । मन्त्रिपरिषद बैठकले बढुवाको निर्णय लिएको भए उनी केही घण्टा एआईजी बन्थे । तर, दुई दिनको लागि मात्रै एआईजी बनाउन लागेको भनेर सरकार र विशेषगरी उपप्रधानमन्त्री एवं गृहमन्त्रीको व्यापक विरोध भएको थियो । बदलिँदो राजनीतिक घटनाक्रम र विरोधकै कारण पोखरेललाई एआईजी बनाउनबाट सरकार पछि हटेको हो ।

असार १८ गते एआईजी उमेशराज जोशी अवकाशमा गएका थिए । उनी अवकाशमा जानुअघि नै बढुवा समितिले एआईजीमा पोखरेललाई बढुवा सिफारिस गरेको थियो । पोखरेल काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालय रामशाहपथमा प्रमुख थिए । सो कार्यालयमा एक कार्यक्रम गरी उनलाई बिदाइ गरिएको थियो । उनी गृहमन्त्री लामिछानेका कानुनी सल्लाहकार वरिष्ठ अधिवक्ता सुशील पन्तका भान्जा हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?