ओलीको व्यक्तिगत सुरक्षामा खटिएका इन्स्पेक्टरको मृत्यु

लोकपथ
6k
Shares

काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीको व्यक्तिगत सुरक्षामा खटिएका सशस्त्र प्रहरी बलका इन्स्पेक्टर उमेश थापाको मृत्यु भएको छ ।

सूर्यविनायक नगरपालिका–९ गुण्डुस्थित आफनै घरमा सुतेका उनलाई गएराति परिवारका सदस्यले भक्तपुर अस्पतालमा पुर्‍याएका थिए ।

४३ वर्षीय इन्स्पेक्टर थापाको उपचारको क्रममा भक्तपुर अस्पतालमा मृत्यु भएको हो । चिकित्सकले उनलाई हृदयघातकाे कारण मृत्यु भएको हुन सक्ने आशंका गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?