भारतको मेघालयमा चार जनाको हत्या, एक नेपालीको पहिचान थप दुई नेपाली हुनसक्ने आशङ्का

लोकपथ
826
Shares

काठमाडौं । भारतको मेघालयमा चार जनाको विभत्स हत्या भएको पाइएको छ । हत्या गरिएकामध्ये एकजना नेपालीको पुष्टि भएको छ । नयाँदिल्लीस्थित नेपाली दूतावासका काउन्सेलर एसएसपी उमाप्रसाद चतुर्वेदीका अनुसार हत्या गरिएका चारमध्ये एक नेपाली र एक भारतीय नागरिकको पुष्टि भएको छ । बाँकी दुई जना समेत नेपाली रहेको भनिएपनि उनीहरुको आफन्त नआइपुगेकाले पुष्टि भएको छैन ।

एसएसपी चतुर्वेदीका अनुसार हत्या भएकामध्ये एकजना इलामका २३ वर्षीय रवि राई रहेका छन् । रवि राईको दिदी देवी राई समेत मेघालयमै रहेको कारण उनले भाइको शव पहिचान गरेकी हुन् । राई मेघालयकै कोइला खानीमा काम गर्ने गरेको प्रारम्भिक जानकारी आएको छ । हत्या गरिएकामध्ये अर्का एकजना मेघालयकै स्थानीय युवा रहेको पाइएको छ । बाँकी दुईजना भोजपुर र धरान ९सुनसरी०का युवा भनिएपनि हालसम्म पुष्टि भएको छैन ।

शनिवार बिहान भारतको मेघालय राज्यको अमप्लेङ्ग बजार नजिकै चार युवाको शव भेटिएको थियो । हातगोडा बाँधेर टाउको लगायत शरीरका विभिन्न भागमा धारिलो हतियार प्रयोग गरी उनीहरुको हत्या गरिएको पाइएको छ । मेघालयको इष्ट जैनतिया हिल्स प्रहरीका अनुसार हत्या गरिएकाहरूको पहिचानको काम भइरहेको छ र हत्याराको खोजी समेत भइरहेको छ । हत्या गरिएकाहरूको शव यतिबेला स्थानीय सिभिल अस्पतालमा राखिएको छ र पोष्टमार्टमको तयारी भइरहेको छ ।

दिल्लीस्थित दूतावासमा कार्यरत एसएसपी चतुर्वेदीका अनुसार यतिबेला भारतीय प्रहरी र मेघालय प्रहरीसँग समन्वय भइरहेको छ । मेघालय प्रहरीले हत्याको अनुसन्धान गर्न स्पेशल इन्भेष्टिगेसन टिम ९एसआइटी० गठन गरिएको छ । हत्याको प्रकृति हेर्दा अन्यत्र नै हत्या गरी बजार नजिकै शव फालिएको हुनसक्ने प्रारम्भिक अनुसन्धानले देखाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?