भारत प्रशासित काश्मिरमा गोली हानाहान, आठ जनाको मृत्यु

लोकपथ
154
Shares


नयाँदिल्ली । भारत प्रशासित काश्मिरमा भएको गोली हानाहानको दुईवटा छुट्टै घटनामा दुई जना सैनिक र छ जना सन्दिग्ध आतंकवादी मारिएको प्रहरीले आइतबार जनाएको छ ।

काश्मिरका प्रहरी महानिरीक्षक विधिकुमार बिर्दीले विवादित क्षेत्रका अधिकारीहरूले कुलगाम जिल्लाका गाउँहरूमा ‘दुई छुट्टाछुट्टै सुरक्षा कारबाही’ गरिएको बताए । बिर्दीले सुरक्षा बलका दुई सदस्य मारिएका र मोडेरग्राम र फ्रिसल चिन्निगाम गाउँहरूमा झडप जारी रहेको बताए ।

‘हामीले मोडेरग्रामबाट दुई आतङ्ककारी र फ्रिसल चिन्निगामबाट अन्य चार आतङ्ककारीको शव बरामद गरेका छौं,’ बिर्दीले भने ।
विवादित क्षेत्रमा आक्रमणको यो पछिल्लो घटना हो । भारत र पाकिस्तान दुवैले मुस्लिम बहुल कश्मिरलाई पूर्ण रूपमा आफ्नो क्षेत्र दावी गर्छन् र यसको नियन्त्रणका लागि तीन वटा युद्ध लडेका छन् ।

विद्रोही समूहले यस क्षेत्रको स्वतन्त्रता वा पाकिस्तानसँग विलयको माग गर्दै सन् १९८९ देखि विद्रोह गर्दै आएका छन् । द्वन्द्वले दशौँ हजार नागरिक, सैनिक र विद्रोहीहरूको ज्यान लिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?