पूर्वएसपीको नजरमा १२ आईजीपी : श्यामभक्त अधिकारी फटाहा, सर्वेन्द्र खनाल मुर्ख, वसन्त कुँवर नालायक

लोकपथ
637
Shares

काठमाडौं । नेपाल प्रहरीका पूर्व प्रहरी उपरीक्षक (एसपी) आभूषण तिम्सिनाले १२ जना पूर्व प्रहरी महानिरीक्षक (आईजीपी) लाई १२ गम्भीर आरोप लगाएका छन् । तिम्सिनाले सामाजिक सञ्जाल फेसकुब मार्फत् गम्भीर आरोप लगाएका हुन् । उनले पूर्व आईजीपी श्यामभक्त थापादेखि वर्तमान आईजीपी वसन्तबहादुर कुँवरमाथि आरोप लगाएका छन् ।

यस्तो छ उनको फेसबुक स्टाटस

मलाई आज केही कुरा भन्न मन लाग्यो । मेरो २४ बर्षे जागिरे जीवनको सिलसिलामा देखेका केही होइन, संगठन प्रमुखको कारण भित्रिएका धेरै विकृतिहरुको बारेमा । नम्बर दिँदै लेख्छु ।

१. मेरो नजरमा नेपाल पुलिसको सबैभन्दा फटाहा आईजीपी श्यामभक्त थापा हो जसले नेपाल प्रहरीको दरबन्दी सेनाको जिम्मा लगायो । नेपाल प्रहरीका तलका दर्जाले वर्षमा एक पटक पाउने बिदाको पैसा ज्ञानेन्द्रको सरकारको पालामा बुझायो । पुलिसलाई निरीह बनाउने कार्यको प्रारम्भ ग-यो ।

२. नेपाल प्रहरीलाई नेपालकै प्रमुख भ्रष्टाचारी बनाउने ओमविक्रम राणा साब हुन्, जसले सुडान घोटालाको सूत्रपात गरे ।
३. नेपाल प्रहरीलाई ओमविक्रम राणाको रिसले सबै आईजीपीलाई घोटाला बहादुर बनाउने रमेश चन्द ठकुरी साब बने, जो विचरा आफैं सोझा भएपनि राजेन्द्रसिंह भण्डारी र उनको खुरापातको चंगुलमा परेर फसे ।

४. नेपाल प्रहरीमा बटारिएको राजनीतिक नेक्सस छ भन्ने प्रमाणित गराउने रविन्द्रप्रताप शाह हुन्, जसको छबी सबैभन्दा स्वच्छ थियो आईजीपी बनेपछि । जबकी यी आईजीपी बन्नु भन्दा अगाडि यिनकोे छबी संदिग्ध नै थियो । तर आईजीपी बनेपश्चात् यी सही थिए तर अवकासपश्चात माओवादीको सांसद बनेको देख्ने जो कोहीले यिनकोे नैतिक स्तरको आँकलन गर्न सक्छ ।

५. कुवेरसिंह राना अपेक्षाकृत धेरै राम्रा आईजीपी हुन् तर यी पनि एआईजीपी भएपश्चात् निकै जातीय बने । कार्य क्षमता र मूल्यांकन भन्दा पनि जातीयता र नाकको उचाइमा अलमलिए । यसको कारण यीनले आईजीपी बन्नका लागि माओवादीका पुनलगायतका नेताहरुसँग गरेको सम्झौता हुन सक्छ । तर यी निकै व्यावसायिकमध्ये एक थिए ।

६. कुवेरसिंह रानापश्चात् आईजीपी बनेका उपेन्द्रकान्त अर्याल दृष्टिकोणमा नै कमजोर थिए । सायद एउटा आँखाले मात्रै काम गरेकोले होला । यिनकै पालामा टीकापुरमा पुलिस मारिए । टीकापुरमा भएको घटनाका दोषी रेशम चौधरी भन्छन् तर टीकापुरमा प्रहरीको प्रथम श्रेणीको अधिकृतलाई बिना कुनै हतियार टीकापुर जाने आदेश दिने यी र यिनको कार्य विभाग प्रमुख टीकापुर घटनाका प्रमुख दोषी हुन् । यिनकोे छोराको बारेमा छापामा आएको घटनामा अनुसन्धान नै गर्न नदिएर यिनले आफूलाई व्यावसायिकको जमातबाट बाहिर राख्ने कार्य आफै गरेका थिए ।

७. प्रकाश अर्यालको बारेमा म कुनै कुरा गर्न चाहन्न किनकि प्रकाश अर्याल कुरा गर्न लायक मानिस नै होइनन् ।

८. सर्वेन्द्र खनाल व्यावसायिक नै भए तापनि मुर्ख हुन् । जसले वास्तवमै अनुसन्धान हुने हो भने कुमार पौडेलको घटनाको जिम्मेवारी लिनै पर्ने हुन्छ । यी केही गर्न चाहने तर बुद्धि नपुगेकामध्ये हुन् ।

९. ठाकुर ज्ञवालीको के कुरा गर्नु रु यिनलाई रवीन्द्रप्रताप शाह आईजीपी हुनुभन्दा अगाडि धेरै प्रहरीले चिन्दैनथे । यिनलाई महरा गृहमन्त्री भएपश्चात् काठमाडौ प्रहरीको प्रमुख हुनु भन्दा यिनले हिम्मत नगरेपछि यिनलाई कर्मचारी प्रशासन शाखामा ल्याइएको थियो । कमाण्ड नै थिएन ।

१०. शैलेश थापाको बारेमा म के भनुँ । यी भनेका मलाई व्यक्तिगत रुपमा कुनै दिन म सिन्धुलीको प्रमुख हुँदा मलाई मेरो नैतिकता भन्दा बाहिर, कुनै यौन दुव्र्यवहारको मुद्दा जुन मुद्दामा कुनै सिन्धुलीको तत्कालीन सत्तासिन दलको कार्यकर्ताले कुनै एकल महिलालाई रातको समयमा एकल महिलाको यौनांगमा समात्न गएपश्चात् प्रहरीले पक्राउ गरेर ल्याएपश्चात् मलाई तँलाई तानिदिउँ, कि छाड्छस् भनेर मैले तीन पटकसम्म नमान्दा पनि मलाई अन्तिममा जबरजस्ती छाड्न बाध्य बनाउने आईजीपी हुन् । एक महिलाको अस्मितालाई पदको अहंकारमा पाइतालामुनि दबाउने यिनको म के कुरा गरुँ ?

११. धिरजप्रताप सिंहलाई पैसा बाहेक कुनै कुराको मतलब थिएन । ऊ पैसाकै लागि जागिर खान आएको । पैसा बाहेक उसको कुनै च्वाइस थिएन । उसलाई सही र गलतबारे जानकारी नै थिएन ।

१२. अहिलेको आईजीपी वसन्तको बारेमा म के भनौं नालायक जहिले पनि नालायक नै रहन्छ । यसको बारेमा केही बोल्नु मुर्खता हुन्छ किनकि यो केही बोल्न लायक नै छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?