कास्की । अपहरण तथा जबरजस्ती करणी मुद्दामा संलग्न रहेको अभियोगमा २ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरूमा धनुषा क्षिरेश्वरनाथ गाउँपालिका–१० गोपालपुर घर भई हाल पोखरा महानगरपालिका–११ रानी पौवा बस्ने २१ वर्षीय अरूण कुमार दास र भारत बिहार प्रदेश सितामणी डुमरा थाना सुरसड पक्ष्मी–१ सुरसड गाउँ घर भई हाल पोखरा महानगरपालिका–११ रानीपौवा बस्ने १९ वर्षीय सुनिल दास भन्ने सुनिल कुमार रहेका छन् ।
उनीहरूलाई पोखरा महानगरपालिका–३० पावरहाउसबाट खटिएको प्रहरी टोलीले गत आइतबार पक्राउ गरेको हो ।
प्रहरीका अनुसार उनीहरूले तनहुँ म्याग्दे गाउँपालिका–४ थर्पुबाट नाबालिकालाई ललाई फकाई गरी उनीहरूको कोठामा बन्धक बनाई सामुहिक रूपमा जबरजस्ती करणी गरेका थिए ।
उनीहरूमाथि कास्की जिल्ला अदालतबाट अपहरण तथा जबरजस्ती करणी सम्बन्धी मुद्दामा ८ दिन म्याद थप अनुमती लिई यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया