बाघको आक्रमणबाट यसरी बचे तीन महिला

सामुदायिक वनमा च्याउ टिप्न जाँदा भएको थियो घटना

लोकपथ
1.5k
Shares
फाइल तस्बिर

तुलसीपुर । दाङमा बाघको आक्रमणबाट तीनजना महिला घाइते भएका छन् । इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी निरीक्षक प्रकाश थापाका अनुसार, बाघको आक्रमणबाट तुलसीपुर–९ बेलुवाका ४५ वर्षीया कमला केसी, ५३ वर्षीया सीताकुमारी भण्डारी र १८ वर्षीया सरिता भण्डारी घाइते भएका छन् ।

सोमबार बिहान तुलसीपुर उपमहानगरपालिका–९ स्थित नवदुर्गा सामुदायिक वनमा च्याउ टिप्न जाँदा उनीहरुलाई बाघले आक्रमण गरेको थियो । त्यसपछि उनीहरुले भागेर ज्यान जोगाएका थिए ।

बाघको आक्रमणबाट केसीको दुवै हातमा सामान्य चोट लागेको छ । त्यस्तै सीताको ढाड र पेटमा तथा सरिताको दायाँ हातमा सामान्य चोट लागेको छ । घाइतेको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा उपचार भइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?