टोकियोकी पहिलो महिला गभर्नरले लगातार तेस्रो पटक चुनाव जितिन्

लोकपथ
77
Shares

टोकियो । युरिको कोइके लगातार तेस्रो पटक टोकियोको गभर्नर बन्ने तय भएको छ । जापानको सबैभन्दा बढी जनसंख्या भएको सहर टोकियोकी पहिलो महिला गभर्नर आगामी चार वर्षसम्म आफ्नो पदमा रहन सक्नेछिन् ।

उनको जित राजनीतिक रूपमा संघर्षरत प्रधानमन्त्री फुमियो किशिदा र उनको लिबरल डेमोक्रेटिक पार्टी (एलडीपी)का लागि राहत हुनेछ। फुमियोको पार्टीले ७१ वर्षीय युरिकोलाई तेस्रो पटक टोकियो गभर्नरेटरी चुनावमा समर्थन गरेको छ ।

युरिको कोइके पहिलो पटक २०१६ मा निर्वाचित भएकी थिइन् । उनले सन् २०२० मा दोस्रो पटक चुनाव जितिन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?