काठमाडौं । नयाँबानेश्वरस्थित उपत्यका अपराध अनुसन्धान कार्यालय आजबाट टेकुमा सरेको छ । जिल्ला प्रहरी परिसर, काठमाडौं टेकुस्थित कार्यालयबाट २३ असारमा भद्रकालीमा सरेपछि उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुस्थित भवनमा सरेको हो ।
एसएसपी सानुराम भट्टराईले पूजापाठ गरी टेकुबाट कामकाज सुरु गरेका छन् । टेकुमा नै उपत्यका अपराध अनुसन्धान कार्यालयको भवन पनि बनिरहेको छ, तर तयार भएको छैन ।
२०७२ सालको भूकम्पपछि हनुमानढोकाबाट विस्थापित प्रहरीले टेकुमा पालमा बसेर सेवा दिइरहेको थियो । त्यसपछि बानेश्वर सरेको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया