काठमाडौं । अविरल वर्षाको कारण देशका विभिन्न स्थानमा आएको बाढीपहिरोमा परी हालसम्म ७४ जनाको मृत्यु भएको छ । बाढी पहिरो लगायतका विपदमा परी काठमाडौं उपत्यकामा एकजना, कोशी प्रदेशमा १८ जना, मधेश प्रदेशमा तीनजना, बागमती प्रदेशमा चारजना, गण्डकी प्रदेशमा २२ जना, लुम्बिनीप्रदेशमा १८ जना, कर्णाली प्रदेशमा चारजना र सुदूरपश्चिम प्रदेशमा चारजना गरी जम्मा ७४जनाको मृत्यु भएको प्रहरीले जनाएको हो ।
साथै काठमाडौं उपत्यकामा तीनजना, कोशी प्रदेशमा २१ जना, मधेश प्रदेशमा पाँचजना,बागमती प्रदेशमा चारजना, गण्डकी प्रदेशमा २६ जना, लुम्बिनी प्रदेशमा ४ जना, कर्णालीप्रदेशमा १५ जना र सुदूरपश्चिम प्रदेशमा १० जना गरी जम्मा ८८ जना घाइते भएका छन् । घाइतेहरूलाई उपचारको लागि स्थानीय अस्पताल लगिएको छ । साथै कोशी प्रदेशमा ४१ जना, गण्डकी प्रदेशमा १२ गरी जम्मा ५३ जनाको उद्दार गरिएको छ ।
बाढी पहिरोमापरी कोशी प्रदेशमा दुईजना, बागमती प्रदेशमा दुईजना र सुदूरपश्चिम प्रदेशमा एकजना गरी पाँचजना वेपत्ता भएका छन् । वेपत्ताको खोजी कार्य जारी छ । बाढीको कारण जम्मा १ सय ६१ घर डुबानमा परेका छन् । ९४ वटा घर, ५३ वटागोठ, ४१ वटा पुल, १ वटा विद्यालय र दुईवटा सरकारी कार्यालयमा क्षति पुगेको छ । ३ सय ३५ वटा पशु चौपायको मृत्यु भएको छ ।
उक्त अवधिमा विपद्का घटनाबाट २ हजार २ सय९६ घर परिवार विस्थापित भएका छन् ।साथै बाढी पहिरोको जोखिममा रहेका विभिन्न जिल्लाका विभिन्न घर परिवारलाईसुरक्षित स्थानमा राख्ने, पहिरोमा पुरिएका धनमाल निकालेर सुरक्षा गर्ने काम समेत विभिन्ननिकाय र स्थानीयवासीको समन्वय र सहयोगमा गर्नुका साथै विभिन्न स्थानमा भएको बाटोअवरोध हटाउने कार्य समेत प्रहरीले गरिरहेको जानकारी दिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया