काठमाडौं । स्याङ्जामा लागुऔषध सहित २ जना पक्राउ परेका छन् ।
वालिङ नगरपालिका–१० फूलबारीस्थित सिद्धार्थ राजमार्गबाट नियन्त्रित लागुऔषध ३८ एम्पुल नोर्फिम, २२ एम्पुल फेनारगन र ३५ एम्पुल डाईजेपाम सहित २ जनालाई सोमबार बेलुकी प्रहरीले पक्राउ गरेको हो ।
पक्राउ पर्नेहरूमा जिल्ला कास्की पोखरा महानगरपालिका–२० बस्ने ३७ वर्षीय सन्तोष बहादुर नेपाली र सोही महानगरपालिका–१६ बस्ने ३४ वर्षीय कमल भण्डारी रहेका छन् ।
वडा प्रहरी कार्यालय वालिङबाट खटिएको प्रहरी टोलीले सुनौलीबाट पोखरातर्फ आउँदै गरेको बागमती प्रदेश ०१–००६ ख.३७४२ नम्बरको हाईस जाँच गर्ने क्रममा हाईसमा सवार उनीहरूलाई उक्त परिमाणको लागुऔषध सहित पक्राउ गरेको हो ।
उनीहरूलाई वडा प्रहरी कार्यालय वालिङ् स्याङ्जामा राखी थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया