काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले पार्टी महामन्त्री मुकुल ढकाललाई पदबाट बर्खास्त गरेको छ । रास्वपाको जारी केन्द्रीय समिति बैठकले मंगलबार उनलाई पार्टीको साधारण सदस्य मात्रै रहने गरी बर्खास्त गरेको हो ।
सो पार्टीको अनुशासन आयोगले यसअघि निलम्बित अवस्थामा रहेका महामन्त्री ढकाललाई साधारण सदस्यसमेत नरहने गरी पार्टीबाट निष्कासन गर्न सिफारिस गरेको थियो ।
रास्वपाको गत बुधबार बसेको केन्द्रीय समिति बैठकले महामन्त्री ढकाललाई एक साता निलम्बन गर्ने निर्णय गरेको थियो । बैठकमा अराजकरुपमा प्रस्तुत भएको तथा पार्टीविरुद्ध गतिविधि गरेको भन्दै उनलाई निलम्बन गरिएको थियो ।
उनको निलम्बन समय सकिन लागिरहेको अवस्थामा अनुशासन आयोगले साधारण सदस्यसमेत नरहने गरी पार्टीबाट निष्कासन गर्न सिफारिस गरेको थियो ।
अनुशासन आयोगको सिफारिस केन्द्रीय समितिबाट अनुमोदन भएकाले ढकालको महामन्त्रीको २ वर्षे राजनीतिक यात्रा रास्वपाबाट विसर्जन भएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया